पोखरा । पोखरामा थप ६ जना सहित गण्डकी प्रदेशमा ९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार थपिएका ९ कोरोना संक्रमतिमध्ये ६ जना पोखरा महानगरपालिकाका रहेका छन् । त्यस्तै म्याग्दी, बागलुङ, लमजुङमा पनि १-१ जनामा नयाँ कोरोना संक्रमति थपिएका छन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५ हजार ४ सय १ पुगेको छ ।