रहेनन् अग्रज कलाकार धन बहादुर गायक

पोखरा । अग्रज कलाकार धनबहादुर गायकको आज बिहान निधन भएको छ । कलाकार गायकको आज बिहान उपचारका क्रममा पोखराको मणिपाल शिक्षण अस्पतालमा निधन भएको हो ।

उच्च रक्तचापबाट पीडित ५९ वर्षीय कलाकार गायकको आज बिहान ८ बजेर १० मिनेट जाँदा निधन भएको हो । पोखरा १६ निवासी कलाकार गायक स्वास्थ्यमा समस्या आएपछि शनिबार अस्पताल भर्ना भएका थिए । उनको आइसियुमा उपचार भइरहेको थियो ।

उनको यो दाजुको मिर्मिरे आँखा, बेली र चमेली, फूल माया नभुल लगायतका गीतहरु चर्चित छन् । उनी संगीत शिक्षक पनि रहेका थिए । सारंगीको संरक्षणका लागि गायकले गन्धर्व पाठशाला सञ्चालनमा ल्याएर आफ्नै सन्तती तथा अन्यलाई समेत उनले संगीत सिकाउने गर्थे ।

कमेन्टहरु
Loading...