पोखरा । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ३६ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै देशमा कुल संक्रमितको संख्या २ लाख ६८ हजार ६ सय ४६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ३ हजार ७ सय ९९ जना सक्रिय संक्रमित छन्।
गत २४ घण्टामा ५ हजार ३० जनाको पिसिआर परीक्षण गर्दा ३ सय ३६ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २० लाख ३१ हजार ७ सय ५६ पुगेको छ ।
बिहीबार थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ९ सय ७९ पुगेको मन्त्रालयले जनाएको छ। हाल १ सय ७२ जना क्वारेन्टाइनमा छन्।
गत २४ घण्टामा २ सय २६ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६२ हजार ८ सय ६८ पुगेको मन्त्रालयले जनाएको छ।
यस्तै, देशभर हाल १ सय ८४जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। १ सय ५० जना आइसियु र ३४ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै गण्डकी प्रदेशमा ६९ आइसियु र ७ भेन्टिलेटरमा कोरोना संक्रमित रहेका छन् । प्रदेश १ मा २ जना आइसियु रहेका छन् । प्रदेश १ मा कोही पनि संक्रमित भेन्टिलेटरमा छैनन् । प्रदेश २ मा कुनै पनि संक्रमित आइसियु र भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ।
बागमती प्रदेशमा ५० आइसियु र २२ भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा २७ आइसियु र ५ भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ। कर्णाली प्रदेशमा एक जना आइसियुमा छन् कुनै पनि संक्रमित भेन्टिलेटरमा छैनन्। सूदुरपश्चिम प्रदेशमा एकजना संक्रमित आइसियुमा मात्र रहेको मन्त्रालयले जनाएको छ।