गन्थन डेस्क
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद विघटन गरेको विरोधमा नेपाली कांग्रेसले आज पाेखरामा वडावडाबाट प्रदर्शन गर्दैछ ।
वडाबाट प्रदर्शन गर्नु अघि कार्यकर्ताहरु निश्चित स्थानमा भेला भई जुलुस सुरु गर्ने निर्णय अनुरुप पोखरा वडा ११ का कार्यकर्ताहरु रानीपौवास्थित श्री शोभा भगवती मन्दिर परिसरमा भेला भएका थिए ।
मन्दिर परिसरमा पार्टीको झण्डासहित भेला भएका कार्यकर्ताहरुले फोटो खिचाएपछि मुलगेटबाट सडकमा निस्केर माइकिङ गर्दै अघि बढेका थिए । उक्त दृश्य नियालिरहेका बटुवाहरुले भने अचम्म मान्दै मन्दिरभित्र कांग्रेस भन्ने अभिव्यक्ति दिएका थिए ।
कतिपय बटुवाले ‘पार्टीको झण्डासहित मन्दिरमै भेला नभएको भए हुने’ भन्ने धारणा राखेका थिए । प्रदर्शनमा कांग्रेसबाट निर्वाचित वडाध्यक्ष मोहनप्रसाद बाँस्तोलाकोसमेत उपस्थिति थियो ।