काठमाडौं । प्रेस संगठन नेपालको राष्ट्रिय भेला सुरु भएको छ । बिहिबार काठमाडौं सभागृहमा भइरहेको भेलामा सम्बोधन गर्दै नेकपा (ओली समूह) का महासचिव तथा कामचलाउ सरकारका अर्थमन्त्री बिष्णु पौडेलले प्रचण्ड माधव पक्षलाई सत्ताको भोगी रहेको आरोप लगाएका छन् । उनले प्रचण्ड माधव पक्षले सधैं राज्य र सरकारको सत्ता कसरी आफनो हातमा पार्नेमा मात्र लागिरहेको बताएका छन् ।
उनले प्रतिनिधिसभा विघटन बारे अदालतको निर्णयलाई सम्मानपूर्वक मान्ने बताएका छन् । साथै उनले प्रतिनिधि सभा विघटन गर्न पाउने अधिकार संविधानमा उल्लेख भएको दाबी गरेका छन् । प्रधानमन्त्रीले प्रतिनिधि सभा अनुशसित हुन नसकेर बहुमतका साथ विघटन गरेको पौडेलको भनाइ छ । ओली निकट पत्रकारको भेलामा महासचिव विष्णु पौडलले सरकारले प्रेस स्वतन्त्रतको लडाईँमा साथ दिन जनाएका छन् ।