छाप्रामा बास हातहातमा स्मार्टफोन

काठमाडौ, १३ पुस /सामान्य छाप्रामा बास, हातमा स्मार्ट फोन, ल्यापटप र कम्प्युटर, युवापुस्ता तिनै उपकरण चलाउन व्यस्त। सोच्दै नसोचेको उपकरण चलाउन पाउँदा अहिले झापास्थित भुटानी शरणार्थी शिविरका युवाको दैनिकी फेरिएको खबर अन्नपूर्ण पोस्टमा छापिएको छ।

तेस्रो देशमा पुर्नस्थापित आफन्त र साथीभाईले पठाइदिएका यस्ता उपकरण चलाउन पाउँदा उनीहरु दंग छन् । त्यस्तै उनीहरुले टाढा रहेका आफन्तसँग विभिन्न सामाजिक सञ्जालमार्फत सस्तोमा कुराकानी गर्न पाएका छन्। शरणार्थी उमा रेग्मीले शिविरमा आयोजित भुटानको १०६ औं राष्ट्रिय दिवसको विशेष कार्यक्रम भिडियो आइफोनबाट खिचिन् ।

अमेरिका पुर्नस्थापित उनकी दिदीले उपहार स्वरुप आइफोन पठाइदिएको हुन् । बेलडाँगी शिविरकी रेग्मी भन्छिन्, ‘जीवनमा सोच्दै नसोचेका उपकरण चलाउन पाउँदा खुसी लागेको छ । शिविरको बसाइमा आइफोनजस्ता उपकरण चलाउन पाइन्छ भन्ने सोचेका पनि थिएनौं । तर समयले जुराइदियो । ‘शिविरका २० वर्षदेखि ३५ वर्षसम्मका शरणार्थी युवामा हातमा स्मार्ट फोन छ।

कमेन्टहरु
Loading...