बेलायतबाट आएका ६ मध्ये ३ जना नेपालीलाई कोरोनाको नयाँ प्रजाति भेरियन्ट पुष्टि

पोखरा । केही दिन अगाडि बेलायत हुँदै नेपाल आएकामध्ये ३ जना नेपालीलाई कोरोना भाइरसको नयाँ प्रजाति भेरियन्ट संक्रमणको पुष्टि भएको छ । बेलायतबाट नेपाल आएका ६ जना स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निगरानीमा रहेका थिए ।

६ जनामध्ये ३ जनाको नमुना परीक्षण नेपालमा नै गरिएकोमा उनीहरुलाई भेरियन्ट संक्रमण पुष्टि भएको थिएन । तर अन्य ३ जनाको भने शंकाको आधारमा परीक्षणका लागि गत पुस २७ गते विश्व स्वास्थ्य संगठकको सहयोगमा हङकङको प्रयोगशालामा पठाइएको थियो ।

हङकङमा गरिएको परीक्षणका क्रममा २८ वर्षीय महिला सहित ३२ र ६७ वर्षीय २ जना पुरुषलाई भेरियन्ट संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार संक्रमितमध्ये २८ वर्षीय महिला तथा ३२ वर्षीय पुरुषलाई निको भइरहेको छ भने ६७ वर्षीय पुरुषलाई निको नभएको अवस्था भए पनि लक्षण भने देखिएको छैन ।

नेपालमा ३ जनालाई भेरियन्ट पुष्टि भएसंगै स्वास्थ्य मन्त्रालयले भ्याक्सिन उपलब्ध नहुँदासम्म सावधानी अपनाउन आग्रह गरेको छ ।

साथै मन्त्रालयले समेसम्म भीडभाडमा नजान, जानु परे पनि २ मिटरको दुरी कायम गर्न, बाहिर जाँदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्न तथा नियमित रुपमा साबुनपानीले हात धुन अनुरोध गरेको छ ।

 

कमेन्टहरु
Loading...