विराटनगर । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल पक्षका ३ जना सांसदले प्रदेश १ मा मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्तावमा गरेको हस्ताक्षर फिर्ता लिने भएका छन् ।
प्रदेशका सांसद गोपाल बुढाथोकी, श्रीप्रसाद मैनाली तथा प्रस्तावमा हस्ताक्षर गरेकी जसमाया गजमेरले राईविरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए । सोही हस्ताक्षर ३ जनाले नै फिर्ता लिने भएका हुन् ।
गजमेरका अनुसार आफूहरुले हस्ताक्षर फिर्ता लिने निर्णय गरिसकेको तर घोषणा हुन बाँकी रहेको बताएकी छिन् । मुख्मन्त्री राईविरुद्धको अविश्वासको प्रस्तावमा ३७ जनाले हस्ताक्षर गरेका थिए । अब उक्त समुहमा ३२ जना सांसद बाँकी रहेका छन् ।