पोखरा । सुलभ उपभोक्ता सहकारी संस्था लिमिटेडद्धारा संचालित सुलभ डिपार्टमेण्टल स्टोर्सले दशैं तिहार उपहार योजनाको विजेता लक्की ड्र मार्फत सार्वजनीक गरेको छ ।
प्रथम पुरस्कारमा टिभिएसको स्कुटर लेकसाइडका दिपक आचार्यले जितेका छन् ।
पोखरा महानगरपालिकाका मयेर मानबहादुर जिसीले कुपन निकाल्दा ७५७० कुपन निकालेका थिए । स्कुटर जितेका आयार्यलाई मेयर जिसी, सुलभ उपभोक्ता सहकारी संस्थाका अध्यक्ष गोपीबहादुर भट्टराई, उपाध्यष विप्लप पौडेल, पोखरा महानगरपालिका वडा-६ का अध्यक्ष जगत पहारी लगाएतले स्कुटर प्रदान गरे ।
त्यसै गरी द्धितिय पुरस्कार एलजिको वासिङ मेसिन कुपन नम्बर ६१२७ लाई परेको छ । त्यसैगरी तेस्रो पुरस्कार फ्रिज कुपन नम्बर २००८६ लाई परेको छ ।
चौथो पुरस्कार एलईडि टेलिभिजन कुपन नम्बर १८७५२ लाई, पाचौं पुरस्कार माईक्रो वेभ वभन कुपन नम्बर १४९९८ लाई परेको सचिव लक्ष्मण बराले जानकारी दिए ।
त्यसै गरी सान्त्वना पुरस्कार ५४२०, ३३७१, १२१२८, १४१३८, १२०३, २०९४९ कुपन नम्बरलाई परेको उनले जानकारी दिए ।
दशै तिहार बम्पर उपहार नतिजा घोषणा कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले सुलभले सुलभ मुल्यमा नै सामग्री विक्रि गरेकोमा खुसी व्यक्त गरे ।
उनले पर्यटकीय क्षेत्रलाई लक्षित गरेर खुलेको सुलभ भएका कारण अझै आधुनिक बन्न सुझाब दिए ।
पोखराको लेकसाईड जरेवरमा ११ वर्ष अगाडि पोखराका पर्यटन व्यवासायीहरुको संयुक्त लगानीमा स्थापना भएको सुलभ डिपार्टमेन्ट स्टोर्सले होटल तथा रेष्टुरेण्ट र दैनिक आवश्यक पर्ने र सम्र्पुण घरयासी सामग्रीहरुको सुपथ मुल्यमा विक्रि गर्दै आएको छ ।
दशै, तिहार र छठ लगाएतका पर्वहरुलाई लक्षीत गरेर स्टोर्सले उपहार योजना ल्याएको थियो । प्रत्येक एक हजारको खरिदमा ग्राहकले एउटा उपहार कुपन प्राप्त गरेका थिए ।