तलाहार आमा समुहको नयाँ कार्यसमिति चयन

पोखरा, १० पुष/कास्की पुम्दी भुम्दी–५ तिलाहार आमा समुहको नयाँ कार्यसमिति चयन गरेको छ । समुहको आज बुधबार सम्पन्न भएको पाँचौ साधारण सभाले प्रेमकुमारी बरालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।उपाध्यक्षमा मन्जु बराल, सचिवमा देउकुमारी बराल, सहसचिवमा नानु बराल, कोषाध्यक्षमा मनु बराल र सदस्यहरुमा सिता बराल, कृष्णकुमारी बराल, गंगा कुमारी बराल, धनमाया बराल, पर्वती बराल र टिकादेखि बराल रहेका छन । समुहले भनीराम बराल र चेतभक्त बराललाई सल्लाहकार तथा युवा सल्लाहकारमा देविराज बराललाई समेत चयन गरेको छ ।

साथै समुहले सामुदायिक बहुउद्धेश्य भवन निमार्ण कार्य यस पाली भने सम्पन्न गर्ने गरी आफुहरुले काम गर्ने भएको अध्यक्ष पे्रम कुमारी बरालले बताईन । यस अघि उक्त साधारण सभाको उद्घाटन समुहका सल्लाहकार चेतभक्त बरालले गरे । कार्यक्रममा बोल्दै उनले महिलाहरुले आफ्नो हकहितको लागि एक भएर लाग्नु पर्ने बताए । समुहका अध्यक्ष हरीकला बरालको अध्यक्षतामा उद्घाटन सत्र सम्पन्न भएको छ ।

कमेन्टहरु
Loading...