पोखरा उद्योग वाणिज्य संघको निर्वाचनमा वस्तुगततर्फ सदस्य पदका लागि ४ जना विजयी

पोखरा । पोखरा उद्योग वाणिज्य संघको निर्वाचनमा सदस्यको पदमा वस्तुगततर्फ ४ जना वियजी भएका छन् ।

निर्वाचनमा विजयी हुनेहरुमा बालकृष्ण कोइराला, राजेन्द्र गुभाजु, बलराम तिमिल्सिना तथा रुपनारायण भुजेल रहेका छन् । कोइरालाले १६ तथा गुभाजुले १८ मत प्राप्त गरेका थिए । त्यस्तै तिमिल्सिना तथा भुजेल भने गोलाप्रथाबाट विजयी भएका हुन् ।

हिजो सम्पन्न निर्वाचनको मत गणना आज बिहान ८ बजे सुरु हुने भनिएकोमा बिहान १० बजेबाट मात्रै सुरु भएको थियो ।

कमेन्टहरु
Loading...