देविस्थान भजन मण्डलीको वार्षिक साधारण सभा

पोखरा, ८ पुस। देविस्थान भजन मण्डली हेमजाको वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा वोल्दै प्रमुख अतिथि राष्ट्रिय भजन चुड्का समितिका केन्द्रिय अध्यक्ष प्रजापति पराजुलीले लोक संस्कृतिको जर्गेना गर्नका लागि देविस्थान भजन मण्डली लागि परेको बताए ।कार्यक्रममा देविस्थान भजन मण्डलीका सचिव रुष्तम कुँवरले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका निवर्तमान अध्यक्ष पुरुपोत्तम न्यौपाने, केन्द्रिय सदस्य चोलेन्द्र पौडेल, तारापती सुवेदी, जिवन दाहाल, धवलागिरि लोक दोहोरी गीत प्रतिष्ठानका पूर्व अध्यक्ष तारा आचार्य, छवि सुवेदी, सरला पाण्डे, चन्द्रा कार्की, सुक्ला साहित्य सदन वाटुलचौरका सचिव नेत्र वानिया, मिनबहादुर थापा, गगन गुरुङ, नवगायक विजय केसी लगाएतले बोलेका थिए ।

देविस्थान भजन मण्डली हेमजाका अध्यक्ष लीलाधर तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा कोषाध्यक्ष रिता कुँवरले स्वागत र राष्ट्रिय लोकभजन चुड्का समिति कास्कीका अध्यक्ष तथा देविस्थान भजन मण्डलीका सल्लाहाकार भरतचन्द्र गौतमले कार्यक्रम सञ्चाल गरेका थिए । कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारले सांगितक कार्यक्रम प्रस्तुत गरेका थिए ।

कमेन्टहरु
Loading...