वायु प्रदुषण अझै बढ्ने सम्भावना छ, बालबालिका तथा वृद्धवृद्धा घरबाट बाहिर ननिस्कनुस्ः विभाग

काठमाडौं । काठमाडौंमा वायु प्रदुषणले खतराको तह पार गरेको भन्दै वातावरण विभागले बालबालिका, ज्येष्ठ नागरिक, मुटु तथा श्वासप्रश्वास सम्बन्धी रोग भएका विरामीहरुलाई घरबाट ननिस्कन आग्रह गरेको छ । वायु प्रदुषणले त्यस्ता व्यक्तिहरुको स्वास्थ्यमा नकारात्मक प्रवाभ पार्ने भन्दै विभागले आज त्यस्तो व्यक्तिहरुलाई सकेसम्म घरबाट ननिस्कन आग्रह गरेको हो ।

‘पुस २० गतेबाट मौसममा आएको बदलाबसंगै काठमाडौं उपत्यकामा वायु प्रदुषणको स्तर अत्याधिक रुपमा बढेको छ । यसमा पनि बिहान र बेलुकाको समयमा प्रदुषण अत्याधिक बढेको पाइएको छ ।’ विभागद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यसबाट तपाई हाम्रो स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ । विषेश गरी बालबालिका, वृद्धवृद्धा एवं दम, खोकी जस्ता श्वासप्रश्वास सम्बन्धी बिरामी र मुटुका बिरामीहरु बढी प्रभावित हुने भएकाले उहाँहरुलाई सकेसम्म घर बाहिर ननिस्कन र बसै नागरिकले घरबाहिर निस्कदा विषेश सावधानी अपनाउन वातावरण विभाग अपील गर्दछ ।’

साथै विभागले फोहोर तथा आगो बाल्दा समेत वायु प्रदुषण बढ्ने भएकाले त्यस्तो नगर्न समेत सुझाव दिएको छ । मौसम यस्तै रहेको अवस्थामा केही दिनसम्म प्रदुषण अझै खराब हुन सक्ने विभागले जनाएको छ ।

यसका साथै विराटनगर, नेपालगञ्ज लगायतका सहरमा समेत वायु प्रदुषणको मात्रा उच्च अवस्थामा रहेको जानकारी दिएको छ । विभागले तराई क्षेत्रका नागरिकलाई समेत विषेश सतर्कता अपनाउन आग्रह गरेको छ ।

‘वायु प्रदुयाण मौसममा पन िभर पर्ने भएकाले मौसम यस्तै भइरहेको केही समयसम्म प्रदुषण यस्तै रहन अथवा अझै खराब समेत हुने सम्भावना रहेकाले आवधानी अपनाउनुहुन अनुरोध गरिन्छ ।’ विज्ञप्तिमा भनिएको छ ।

कमेन्टहरु
Loading...