राजु गिरी
पोखरा । नेपाली मौलिक खानाका परिकारलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ पोखरामा नेपासा भोजन सञ्चालनमा आएको छ । खानाका परिकारमा उत्कृष्ट रहेको नेपालको मौलिक खानाका परिकारलाई विश्वसामु परिचित र प्रवद्र्धन गर्न २ युवाले पोखराको हिमाली टोलमा नेपासा सञ्चालन गरेका छन् ।
नेपासा ब्राण्ड भन्दा सस्तो खाजा घरका रुपमा परिचित गर्न चाहन्छन् सञ्चालक कुसबहादुर भुजेल । ‘हामी २ जनाले विदेश होइन आफ्नै देशमा त्यो पनि मौलिक खानाका परिकारलाई विश्वब्यापीकरण गर्ने उद्देश्यका साथ सुरुआत गरेका छौं ।’ भुजेल भन्छन् । पैसाको लागि विदेश जाने तर फर्किंदा काठको बाकसमा फर्कने घटनाहरुले मनमा इख जागेकाले जे जस्तो दुःख गरे पनि नेपालमै गर्ने सोंचका साथ नेपासा भोजन सञ्चालन गरिएको भुजेलको भनाई छ ।
नेपालको हिमाल, पहाड, मधेश र तराईमा हुने मौलिक खानाका परिकारलाई स्थान दिइएको भुजेल बताउँछन् । नेवारी खानाका परिकार, हिमाल क्षेत्रको तिब्बतीयन खानाका परिकार, नेपाली चाडपर्वका खाना, नेपालका मौलिक तथा मौलिकतालाई केही परिमार्जित गरेर आधुनिक खानाका परिकारहरु नेपासामा पाइने भुजेलले जानकारी दिए । उनी भन्छन्, ‘नेपाली उत्पादनलाई विश्वमा चिनाउन सकेमात्र आर्थिक वृद्धिदर बढेर नेपाली उत्पादनको उचित मुल्य पाउन सकिन्छ ।’ ग्राहकले पुर्णरुपमा सन्तुष्टी पाउने भुजेलले दावी गर्छन् । उनी भन्छन्, ‘नेपालका युवा विदेश नगई स्वदेशमै केही गर्दैछन् । आउनुहोस् मुल्यांकन गर्नुस्, हौसला दिनुस् । काम गर्न अगाडि बढ्ने युवाको तर्फबाट हार्दिक स्वागत छ ।’
नेपाली रेष्टुरेण्टमा नै विदेशी खानाका परिकार धेरै हुने हुँदा नेपाली उत्पादनलाई प्रोत्साहन तथा चिनाउन नेपाली मौलिक खानाका परिकारलाई स्थान दिइएको नेपासाका अर्का सञ्चालक सनम थापा बताउँछन् । ‘ने’ को अर्थ नेपाली र ‘पासा’ को अर्थ साथी भएकाले नेपाली साथीको खाजा घर नेपासाको नामबाट भोजन गृह सञ्चालन गरिएको थापाको भनाई छ । ‘हामी लोकल मार्केटमा भएकाले मुल्य सस्तो छ । ग्राहकले पुरा सन्तुष्टी पाउनुहुनेछ । हामीले यहाँका कुनैपनि खानेकुरालाई उत्कृष्ट गुणस्तरकाका साथ हजुरहरुमाझ राख्ने छौं । एकपटक यहाँको परिकारहरु चाख्नु मात्र भएमा तपाईं दोहो¥याएर नेपासामा अवश्य पाल्नुहुनेछ ।’ थापा भन्छन् ।