ओली समुहका नेता मण्डललाई प्रदेश २ को संसदीय दलको नेताबाट हटाउने तयारी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको ओली समुहका नेता भनेर चिनिने प्रदेश नम्बर २ का संसदीय दलका नेता सत्यनारायण मण्डललाई हटाउने तयारी भएको छ । अनौपचारिक रुपमा पार्टी विभाजित भइसकेको भए पनि औपचारिक घोषणा हुन बाँकी रहको अवस्थामा नेकपाको प्रचण्ड–नेपाल समुहले ओली पक्षका भएकै कारण मण्डललाई हटाउने तयारी गरेको हो ।

प्रचण्ड–नेपाल समुहका सांसद शत्रुघन महतोका अनुसार संसदीय दलका नेता मण्डलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भइसकेको छ । प्रदेश २ मा नेकपाको तर्फबाट ३२ जना सांसद रहेका छन् । जसमध्ये २० जना आफूहरुको पक्षमा नै रहेको प्रचण्ड–नेपाल समुहले दावी गरेको छ ।

स्रोतका अनुसार संसदीय दलका नेता मण्डललाई आइतबार बस्ने बैठकबाट हटाउने तयारी भइरहेको छ । दलका उपनेता रामकुमार महतो समक्ष ३२ मध्ये १७ जना सांसदको हस्ताक्षर सहित अविश्वासको प्रस्ताव दर्ता भइसकेको सांसद महतोले जानकारी दिएका छन् ।

कमेन्टहरु
Loading...