पोखरा ५ पुस/एशिया मानव अधिकार तथा साँस्कृतिक विकास मञ्च माईग्रेन्ट्स सेन्टरको आयोजनामा लेखनाथको रिठ्ठेपानीमा हालै सम्पन्न क्षेत्रिय भेलाले जुम गुरुङ अध्यक्षतामा १३ सदस्यीय एशिया मानव अधिकार तथा साँस्कृतिक विकास मञ्च पश्चिमाञ्चल क्षेत्रिय कार्य समिति गठन गरेको छ।समितिको उपाध्यक्षमा राजेन्द्र पाठक, सचिवमा कृष्ण रानाभाट, कोषाध्यक्षमा रामचन्द्र सुवेदी चयन भएका छन्। त्यसैगरि समितिको सदस्यहरुमा सुदर्शन श्रेष्ठ, राजकपुर श्रेष्ठ, विश्व श्रेष्ठ, लक्ष्मण वानियाँ, मिना गुरुङ, तारा गुरुङ, मीरा पौडेल, शिव वराल र उमाकान्त पराजुलीलाई सर्वसम्मत चयन गरिएको छ।
संम्बिधान सभामा कास्की क्षेत्र नं. १ बाट निर्वाचित सभासद यज्ञबहादुर थापाको प्रमुख आतिथ्यतामा वैदेशिक रोजगारीमा गएर आई नेपालमै व्यापार व्यवसाय गरेर वसेका आप्रवासीहरुको सहभागि रहेको थियो।नेपालकै नमुना बँगुर पालन गरेका छ्यामबहादुर थापा, जुमबहादुर गुरुङ, लक्ष्मण वानिया, पौरखी पोखराकी अध्यक्ष प्रभा गुरुङ लगाएतले वोलेका थिए। मञ्चका केन्द्रिय अध्यक्ष सिद्धिचन्द्र वरालको सभापतित्वमा भएको सो कार्यक्रमको स्वागत उपाध्यक्ष सरिता अर्यालले गरेकी थिईन भने संचालन राष्ट्रिय संयोजक निरज थापाले गरेका थिए।