मेयरको बुबाको निधनमा नगरपालिकामा सार्वजनिक बिदा

कनकाई । झापाको कनकाई नगरपालिकाले मेयर राजेन्द्र पोखरेलको बुवाको निधन भएको शोकमा आज नगरपालिकाभर सार्वजनिक विदा दिइएको छ ।

पूर्वप्रधानपञ्चसमेत रहेका मेयरका बाबु तत्कालीन सुरूङ्गा गाउँ पञ्चायतमा चार पटक प्रधानपञ्च रहेका ८७ वर्षका गणेशप्रसाद पोखरेलको बुधबार निधन भएको थियो।

 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले विज्ञप्ति निकालेर बिहीबार सार्वजनिक बिदा दिइएको उल्लेख गरेका छन्।नगरपालिका कार्यालय, वडा कार्यालयहरू, स्वास्थ्य संस्था तथा शैक्षिक संस्थामा बिदा दिइएको उनको भनाइ छ।

कमेन्टहरु
Loading...