पोखरा/केपि शर्मा ओलीले गरेको संसद बिघटनको बिरुद्ध देशव्यापी गरेको आन्दोलनका क्रममा पोखरामा सम्बोधन गर्न आएका प्रचण्ड दहाल पक्षका नेता सुरेन्द्र पाण्डेले संसद बिघटनको आन्दोलन नेताको लागि नभएर जनताको लागि भएको बताएका छन् । कार्यक्रममा बोल्दै पाण्डेले भने,‘यो आन्दोलनको सुरुवात मात्र हो । अझै पनि केपि ओलीले बिघटनको निर्णयलाई सच्याएनन भने आन्दोलन झन शसक्त बनेर जानेछ ।’
ओलीले आँफु धेरै नबाँच्ने भन्दै ओलीले प्रचण्डसँग पार्टी एकता सत्ता बाँडफाँडको सम्झौता गरेको पाण्डेले बताए । ओलीको राष्ट्रबादी नक्कली राष्ट्रबाद भएको बताउँदै उनले भने ,‘भारतको प्रतिनिधि भ्रमण आउँदा चुच्चे नक्सा टेवल मुनी राखेर पुरानै नक्सा देखाएर बार्ता गर्ने र जनतामा आएर चुच्चे नक्सा देखाउँदै भ्रम छर्ने गरेका छन् ।’ पाण्डेले भारतको उक्साहटमा संसद बिघटन गरेको आरोप समेत लगाए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेता पाण्डेले पार्टीमा बहुमत भएको दावी गरे ।
प्रधानमन्त्री ओलीले कोरोनाले थिलोथिलो पारेर देशलाई प्रतिगामी कदम चालेर द्धन्दमा घचेट्न खोजेको आरोप लगाए । पाण्डेले प्रधानमन्त्री ओलीले ज्ञानेन्द्र शाहले भन्दा ठुलो दुर्भाथ्य ब्यहोर्नुपने बताए ।
