काठमाडौं । सुदुरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरालाई बर्खास्त गरिएको छ । मन्त्री बोहरालाई प्रदेश मुख्मन्त्री त्रिलोचन भट्टले बर्खास्त गरेका हुन् । प्रदेशका आन्तरिक मामला तथा कानुनमन्त्री प्रकाशसिंह शाहका अनुसार संविधानको अधिकार प्रयोग गरेर बोहरालाई बर्खास्त गरिएको हो । नेपाल कम्युनिस्ट पार्टी नेकपाको ओली समुहका नेता बोहरा हाल काठमाडौंमा छन् । बोहराले आफूलाई बर्खास्त गरिएको विषयमा कुनै जानकारी नै नभएको प्रतिक्रिया दिएका छन् ।
