प्रदेश १ मा ३ जना मन्त्रीद्वारा राजीनामा, मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ताको तयारी

काठमाडौं । प्रदेश १ का ३ जना मन्त्रीहरुले सामुहिक राजीनामा दिएका छन् । प्रदेशका मुख्यमन्त्री शेरधन राईले अर्थममन्त्री इन्द्र आङ्बोलाई बर्खास्त गरेको भालिपल्ट प्रदेश १ मा ३ जना मन्त्रीले राजीनामा दिएका हुन् ।

स्रोतका अनुसार सामाजिक राज्यमन्त्री जसमाया गजमेर तथा उद्योग पर्यटन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वाससहित सामाजिक विकासमन्त्री जीवन घिमिरेले राजीनामा दिएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी नेकपाको केन्द्र चरम विवाद उत्पन्न भइरहेको छ । औपचारिक रुपमा घोषणा नभएको भए पनि प्रचण्ड–नेपाल तथा प्रधानमन्त्री केपी शर्मा ओलीले छुट्टाछुट्टै रुपमा अगाडि बढिरहेका छन् । यसको असर प्रदेश १ सरकारमा समेत परेको हो । स्रोतका अनुसार प्रधानमन्त्री ओली पक्ष मानिने मुख्यमन्त्री राईविरुद्ध प्रचण्ड–नेपाल पक्षका नेताहरुले अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेका छन् ।

आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नेहरुको समुहमा सामेल भएको पाएपछि मुख्यमन्त्री राईले हिजोमात्र अर्थमन्त्री इन्द्र आङ्बोलाई पदबाट बर्खास्त गरेका थिए । केही समय अगाडिसम्म गृहमन्त्री रामबहादुर थापा बादलको निटक रहेका आङ्बो प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरे पश्चात बादलले ओलीलाई साथ दिएपछि प्रचण्ड–नेपाल समुहमा मिसिएका थिए ।

प्रदेशमा पनि नेकपा विभाजनको असर देखिएपछि अब मुख्यमन्त्री राईले संसदीस्य दलभित्रको बहुमत समेत गुमाएका छन् ।

कमेन्टहरु
Loading...