गन्थन डेस्क ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोलाई बर्खास्त गरेका छन् ।
मुख्मन्त्री राइले तत्कालीन माअोवादीबाट सरकारको नेतृत्व गरेका आङ्बोलाई अर्थमन्त्रीबाट शनिबार साँझ पदमुक्त गरेका हुन् ।
नेपालको संविधानको धारा १६९ को ९२० (ख) बमोजिम बर्खास्त गरेको मुख्यमन्त्री सचिवालयले जनायो ।
आफु विरुद्ध अविश्वासको प्रस्ताव ल्याउन खोजको भन्दै मुख्यमन्त्रीले बर्खास्त गरेका हुन् ।
रामबहादुर थापा बादल निकट आङ्बो नेकपा विवाद पछि प्रचण्ड माधव नेपाल समुह तिर लागेका छन् ।