थ्री एन्जल्स नेपाल छैटौँ वर्षमा प्रवेश

पोखरा, ०३ पुस/पोखराको रामबजारमा रहेको थ्रि एञ्जल्स नेपाल को पाँचौँ वार्षिकोत्सव तथा साधारणसभा बुधबार पोखरामा सम्पन्न भएको छ । संस्थाले आप्mनो स्थापनाको पाँचौँ वर्ष पूरा गरी छैटौँ वर्षमा प्रवेश गरेको हो । चेलीबेटी बेचविखन विरुद्धमा उद्धार रोकथाम र पुर्नस्थापना भन्ने मूल नाराका साथ स्थापना भएको संस्थाको वार्षिकोत्सव उद्घाटन गर्नुहुँदै महिला तथा बालबालिका कार्यालय कास्कीका प्रमुख पूर्णा श्रेष्ठले संस्थाले गरेका कामको प्रशंसा गर्दै अन्य संस्थाका लागि पनि थ्रि एञ्जल्स उदाहरणीय संस्थाको रुपमा रहेको बताउनुभयो ।

महिला तथा बालबालिकाको क्षेत्रमा विभिन्न संस्थाहरु पोखरामा खुलेको र खोल्ने क्रममा समेत रहेकाले वास्तविक रुपमा काम गर्ने संस्थाहरु सदैव जनमानसमा भिज्न सक्ने उहाँको भनाई थियो । कार्यक्रममा बोल्नुहुदै पोखरा उपमहानगरपालिकाका निमित्त कार्यकारी अधिकृत ओमराज पौडेलले संस्थाका गतिविधिमा स्थानीय निकायको पनि सहकार्य हुन सकेमा संस्थालाई अघि बढाउन अझ सहयोग मिल्ने विचार व्यक्त गर्दै पोखरा उपमहानगरपालिकाले तोकेका जिम्मेवारीहरु पूरा गर्न आग्रह गर्नुभयो ।

यस्तै कार्यक्रममा सम्बोधन गर्दै वरिष्ठ लोक दोहोरी गायक प्रजापती पराजुलीले सामाजिक काम गर्दा निकै कठिनाई हुने भएकाले विचलित नभई अघि बढ्न संस्थाका पदाधिकारीहरुलाई शुभकामना दिनुभयो ।कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष डा राजेन्द्र गौतमले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विगतको आप्mनो निकै ठूलो मेहनत र र कामप्रतिको लगावले संस्थालाई यहासम्म ल्याई पु¥याउन सफल भएको बताउनुभयो ।

कमेन्टहरु
Loading...