पोखरामा थप १८ सहित प्रदेशमा थपिए २३ संक्रमित

पोखरा । गण्डकी प्रदेशमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार प्रदेशका ४ जिल्लागरि थप २३ जनामा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये १८ जना पोखरा महानगरपालिकाका रहेका छन् । यस्तै लमजुङमा थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यता स्याङ्जा र तनहुँमा १-१ जना संक्रमित थपिएका छन् । योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १४ हजार २ सय ८ पुगेको छ ।

कमेन्टहरु
Loading...