पोखरा । नेपालमा थप ५ सय ८८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा थप ५ सय ८८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा गरिएको पिसिआर परीक्षणका क्रममा कोरोना पोजेटिभ रिर्पोट आएकामध्ये २ सय २३ जना महिला तथा ३ सय ६५ जना पुरुष रहेका छन् । यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ५३ हजार ७ सय ७२ पुगेको छ ।
हाल नेपालमा ८ हजार ३ सय २० जना सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप ४ हजार ६ सय २० जनाको पिसिआर परीक्षण गरिएको थियो । यो अवधिमा नेपालमा थप १ हजार ९७ जना कोरोना भाइरस संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् ।
यससंगै नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको कुल संख्या २ लाख ४३ हजार ६ सय ६४ पुगेको छ ।
मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा थप ११ जनाले कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएका छन् । यससंगै नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १ हजार ७ सय ८८ पुगेको छ ।
हाल नेपालमा ४ हजार ८ सय ३७ जना संक्रमितहरु होम आइसोलेसनमा रहेका छन् । त्यस्तै २ सय ६५ जना संक्रमितको आइसियु तथा ५१ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
नेपालमा ५ सयभन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्ला काठमाडौं तथा ललितपुर रहेका छन् । त्यस्तै मनाङ तथा मुगु सक्रिय संक्रमितको सुन्य संख्या भएका जिल्ला हुन् ।