अन्ततः संसद विघटन, २ चरणमा निर्वाचन हुने

गन्थन डेस्क

प्रधानमन्त्री केपी ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छिन् ।

आज दिउँसो संसद विघटन गरेकी हुन् । राष्ट्रपति कार्यालय शीतल निवासले प्रेस विज्ञप्ति जारी गर्दै संसद विघटन गरेको जानकारी दिएको छ । विघटन पश्चात २ चरणमा निर्वाचन हुने राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

‘संघीय संसदको वर्तमान प्रतिनिधि सभा विघटन गरी मिति २०७८ साल वैशाख १७ गते शुक्रबार पहिलो चरणमा र मिति २०७८ साल वैशाख २७ गते सोमबार दोस्रो चरणमा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोक्नु भएको छ,’ राष्ट्रपति कार्यालयको विज्ञप्तिमा भनिएको छ।

कमेन्टहरु
Loading...