प्रचण्डपछि गृहमन्त्री भेट्न पुगे प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओली गृहमन्त्री रामबहादुर थापाको सरकारी निवास पुल्चोक पुगेका छन्।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग उपाध्यक्ष गौतमलाई भेटघाट गरेलगत्तै प्रधानमन्त्री ओली गृहमन्त्री थापा निवास पुगेका हुन्।

गृहमन्त्रीको सरकारी निवासमा बादलसँगै भौतिक योजना तथा यातायात मन्त्री वसन्त नेम्वाङ तथा स्वास्थ्यमन्त्री भानुभक्त ढकाल पनि सहभागी छन्।

कमेन्टहरु
Loading...