अमेरिकाको ऊर्जा मन्त्रालयमा अहिलेसम्मकै ठूलो साइबर आक्रमण

अमेरिकी ऊर्जा मन्त्रालयमा अहिलेसम्मकै ठूलो साइबर हमला भएको छ।

अमेरिकाको परमाणु हतियारको रेखदेखको जिम्मेवारी लिने ऊर्जा मन्त्रालयले हतियार भण्डारको सुरक्षामा यो ह्याकिङले कुनै प्रभाव नपरेको जनाएको छ।

अमेरिकी अधिकारीहरुले साइबर आक्रमणमा रुसको हात रहेको बताउने गरेका छन्। तर रुसले यसलाई अस्वीकार गर्दै आएको छ।

यस्तै, माइक्रोसफ्टले पनि आफ्नो सिस्टममा खतरनाक सफ्टवेयर फेला पारेको जनाएको छ।

कमेन्टहरु
Loading...