स्वास्थ्य सामाग्री खरिदमा भ्रष्टाचार भएको लेखाको ठहर

काठमाडौं । स्वास्थ्य सेवा विभागले कोरोना भाइरसको रोकथाम तथा उपचारका लागि चाहिने औषधी तथा स्वास्थ्य सामाग्री खरिदमा अनियमितता गरेको ठहर भएको छ । संसदको लेखा समितिले नेपालमा स्वास्थ्य सामाग्री खरिदमा क्रममा भ्रष्टाचार भएको र थप कारवाहीका लागि अख्तियार दुरुपयोग आयोगलाई लेखी पठाउने निर्णय गरेको हो ।

समितिका अनुसार सामाग्री खरिदका क्रममा संलग्नलाई कारवाही गर्न समेत बैठकमा निर्देशन दिइएको छ । बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल पनि सहभागी भएका थिए ।

विभागले २०७६ मा ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल ओम्नीसंग सम्झौता गरेको थियो । ओम्नीले सम्झौता अनुसार नै सामान ल्याएको भए पनि वास्तविक मुल्यभन्दा महंगो मुल्यमा सामान खरिद गरेको भन्दै विरोध भएको थियो ।

विरोध पश्चात चैत्र १९ गते उक्त सम्झौता रद्द भएको थियो ।

कमेन्टहरु
Loading...