पोखरामा ५५ सहित प्रदेशमा थप ७१ जनामा संक्रमण पुष्टि

पोखरा । गण्डकी प्रदेशमा थप ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार प्रदेशका ५ जिल्लामा थप ७१ जनामा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये ५५ जना कास्की जिल्ला पोखरा महानगरपालिकाका रहेका छन् । त्यस्तै तनहुँमा थप ६ जनामा संक्रमण पुष्टि भएको छ ।

यता स्याङ्जा जिल्लामा ३ जनामा कोरोना पोजेटिभ देखिएको छ । त्यस्तै पर्वतमा ५ जनामा कोरोना पुष्टि भएको छ । म्याग्दीमा पनि थप २ जनालाई पोजेटिभ देखिएको छ । योसाँगै प्रदेशमा कोरोना संक्रमितको संख्या १३ हजार ७ सय ३६ पुगेको छ ।

कमेन्टहरु
Loading...