प्रचण्ड–नेपाल पक्षले आज प्रदेश १ को भेला आयोजना गर्दै

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले आज भेला आयोजना गर्दै छ । पार्टीभित्र चर्को विवाद चलिरहँदा प्रचण्ड तथा नेपाल पक्षले आज दिउँसो १ बजे जनवर्गीय संगठनको कार्यालय पेरिसडाँडामा प्रदेश १ को भेला गर्न लागेको स्रोतले जानकारी दिएको हो ।

पार्टी इन्चार्ज, अध्यक्ष, सचिव तथा प्रदेश १ लाई प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरु सहभागी हुने उक्त भेलालाई प्रचण्ड तथा नेपालले नै सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ । हालको स्थितिमा पार्टीभित्र चलिरहेको द्वन्द्व तथा पार्टीको समस्याले जिल्लाहरुमा कस्तो असर परिरहेको छ भन्ने विषयमा जानकारी लिनका लागि समेत यो भेला आयोजना गरिएको हो ।

कमेन्टहरु
Loading...