पोखरा । पछिल्लो २४ घण्टामा नेपालभरि ७ सय ७६ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको छ। योसँगै नेपालमा हालसम्म कोरोना पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या २ लाख ५१ हजार ६ सय नाघेको छ ।
बिहीबार थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७ सय ४९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख छ।
पछिल्लो २४ घण्टामा ६५८८ जनाको पिसिआर परीक्षण भएको छ। नेपालमा हालसम्म १८ लाख ५५ हजार ७२४ जनाको पिसिआर परीक्षण भएको छ। हाल क्वारेन्टाइनमा ४४४ रहेको मन्त्रालयले जनाएको छ।
नेपालमा हालसम्म कुल संक्रमितमध्ये ९ हजार ५८० जना सक्रिय संक्रमित छन्। आज ९४७ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै कुल निको हुनेको संख्या २ लाख ४० हजार ३६३ पुगेको छ।