हलो र जुवा समातेर उखु किसान प्रदर्शनमा

काठमाडौं । पाँच दिनदेखि आन्दोलनरत उखु किसानले काठमाडौंमा हलो र जुवासहित प्रदर्शन गरेका छन् । काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गरिरहेका उखु किसानहरुले बिहीबार हलो र जुवासहित प्रदर्शन गरेका हुन् ।

 

सर्लाहीबाट आएका कृषकले चिनी उद्योगलाई बेचेको उखुको बक्यौता रकम पाउनुपर्ने माग गर्दै प्रदर्शन गरिरहेका हुन् । किसानले किसानको परम्परागत कृषि उपकरण हलो, जुवासहित प्रदर्शन गरेका हुन् । उनीहरुले प्रदर्शनस्थलमा यी सामग्रीका अतिरिक्त उखुका लाक्रासमेत राखेका छन् ।

कमेन्टहरु
Loading...