पोखरा । पोखरामा थप १ जनाको कोरोना भाइरस संक्रमणबाट निधन भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको जानकारी अनुसार पोखरामा थप १ जनाको कोरोना संक्रमणबाट निधन भएको हो ।
पछिल्लो पटक कोरोनाबाट पोखरामा ज्यान गुमाउनेमा कास्की अन्नपूर्ण गाउँपालिका ३ का ६८ वर्षीय वृद्ध रहेका छन् । उनको उपचारका क्रममा आज बिहान ४ बजेर १५ मिनेटमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गएको हो । उनलाई मंसिर २९ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
यससंगै कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा ज्यान गुमाउनेको कुल संख्या १ सय ८७ पुगेको छ ।