पोखरा । गण्डकी प्रदेशमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशलाय गण्डकी प्रदेशका अनुसार प्रदेशका ५ जिल्लामा थप २८ जनामा संक्रमण पुष्टि भएको हो ।
थपिएका संक्रमितमध्ये २२ जना पोखरा महानगरपालिकाका रहेका छन् । त्यस्तै लमजुङमा थप ३ जनामा संक्रमण पुष्टि भएको छ । यता स्याङ्जा, पर्वत म्याग्दीमा थप १_१ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना संक्रमतिको संख्या १३ हजार ६ सय ५४ पुगेको छ ।