काठमाडौंमा आज यो वर्षको धेरै जाडो भएको छ ।
बिहान साढे ६ बजेको मापन अनुसार काठमाडौँ उपत्यकाको तापक्रम २.३ डिग्री सेल्सियसमा झरेको छ ।
बुधबार उपत्यकाको तापक्रम ३ डिग्री थियो । केही दिन यता काठमाडौँ उपत्यकाको तापक्रम नियमित घट्दै जाँदा चिसो अत्याधिक बढेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार रातको समयमा बादलले आकाश नढाकेकाले चिसो बढेको छ ।
यस्तै आज बिहानैदेखि तराई अधिकांश भू-भाग तथा पहाडका केही भागमा बाक्लो हुस्सु र कुहिरो लागेको महाशाखाले जनाएको छ ।