संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिन प्रधानमन्त्री ओली सहमत

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अन्ततः संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिन सहमत भएका छन् ।

नेकपा उच्च स्रोतले दिएको जानकारी अनुसार बालुवाटारमा पार्टी महासचिव विष्णु पौडेलसहितको अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग भएको छलफलका क्रममा नै पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओली उक्त अध्यादेश फिर्ता लिन सहमत भएका हुन् । अध्यादेश फिर्ता लिने सहमतिसंगै संसदको विषेश अधिवेशनको माग पनि फिर्ता गर्न सहमत भएको बताइएको छ ।

कमेन्टहरु
Loading...