पोखरामा ओली पक्षधर युवा भेला, पार्टी फुट्न सक्ने भन्दै तयार रहन निर्देशन

गन्थन डेस्क

पोखराको जिरो किमीस्थित न्यू एरा रेष्टुरेन्टमा पूर्वएमाले पक्षधर युवाहरुको गोप्य भेला भएको छ । भेलामा सहभागीहरु युवासंघ आबद्ध हुन् ।

गण्डकी प्रदेशस्तरीय भेलामा प्रधानमन्त्री केपी ओली गुटका करिब २ सय जना सहभागी भएका छन् । भेलामा सहभागीलाई नेकपा जुनसुकै बेला फुट्न सक्ने भन्दै कार्यकर्तालाई तयार रहन निर्देशन दिइएको स्रोतले गन्थनलाई बताएको छ ।

गुटको भेलामा प्रदेश सांसद राजीव पहारी प्रमुख अतिथि रहेका छन् । त्यस्तै, विशेष अतिथि संघका सहसंयोजक रमेश पौडेल उपस्थित भेलाको अध्यक्षता संघका पूर्व केन्द्रीय उपाध्यक्ष माधव बाँस्तोला रहेको जानकारी दिइएको छ ।

कमेन्टहरु
Loading...