काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो मंगलबार जारी गरेको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश बदरको माग सहित सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
अधिवक्ता ओमप्रसाद अर्यालले अध्यादेश अमान्य भएको तथा बदरको माग गर्दै सर्वोच्चमा रिट निवेदन पेश गरेका हुन् ।
अन्य राजनीतिक दल तथा आफ्नै दलका नेतासंग समेत छलफल नगरेर प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो उक्त अध्यादेश ल्याएका थिए । ओलीको निर्देशन पश्चात राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गरेकी थिइन् ।
अध्यादेश जारी भएलगत्तै सत्तारुढ नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत अन्य नेता, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस तथा अन्य दलहरुले विरोध गरेका छन् ।