नेकपा स्थायी कमिटी बैठक आज दिउँसो १ बजे बस्दै

काठमाडौं । सत्तारुढ नेपाल सम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक आज दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले हिजो मंगलबार ल्याएको संवैधानिक परिषद् अध्यादेशका विषयमा छलफल हुने बताइएको छ । अन्य राजनीतिक दल तथा आफ्नै पार्टीका नेताहरुसंग छलफल नै नगरेर अध्यादेश जारी गरेको भन्दै विरोध भइरहेको छ । आजको स्थायी कमिटीको बैठकमा उक्त अध्यादेश फिर्ता लिन पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई दवाव दिइने भएको छ ।

कमेन्टहरु
Loading...