पोखरामा लागुऔषध सहित तनहुँका १ जना पक्राउ

पोखरा । पोखरामा लागुऔषध सहित १ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की तथा लागऔषध नियन्त्रण ब्युरो शाखा कार्यालयबाट खटिएको प्रहरीको टोलीले मंसिर २९ गते करिब ४ बजेको समयमा पोखराको न्युरोडबाट १ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा तनहुँको ब्यास नगरपालिका वडा नम्बर ८ घर भई हाल पोखरा ८ न्युरोड बस्ने ३० वर्षीय अशोक वाचे मगर रहेका छन् ।

पक्राउ परेका अशोकको साथबाट प्रहरीले लागुऔषध डाइजापाम १ सय एम्पुल, फेनेरागन १ सय एम्पुल, ब्रुफिनर्फिन १ सय एमपुल सहित ३ सय एमपुल लागुऔष तथा १ थान मोबाइल समेत बरामद गरेको छ ।

उनलाई आगुऔषध सम्बन्धी कसुर अन्तरगत ७ दिनको म्याद थप गरेर थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...