पोखरामा २१ जना कोरोना संक्रमित थपिए

पोखरा । पोखरामा थप २१ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको पछिल्लो अध्यावधिक विवरण अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा पोखरामा थप २१ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर २ मा १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा २१ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

५ नम्बर वडामा ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा २७ वर्षीय १ जना महिला तथा २४ र ३४ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

पोखरा ६ मा २४ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।

वडा नम्बर ७ मा ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ४० वर्षीय १ जना महिला सहित ४६ र ४७ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर ९ मा २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा ४० र ५० वर्षीय २ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

१० नम्बर वडामा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा १३ वर्षीय १ जना बालक तथा २२ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

पोखरा ११ मा ३४ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।

वडा नम्बर १३ मा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा २६ र ४६ वर्षीय २ जना महिलालाई संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर १५ मा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ५९ वर्षीय १ जना महिला तथा १५ वर्षीय १ जना किशोरलाई संक्रमण पुष्टि भएको हो ।

त्यस्तै वडा नम्बर २५ मा ४९ वर्षीय १ जना महिला, २६ का ३६ वर्षीय १ जना पुरुष तथा ३१ का ३० र ६५ वर्षीय २ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

त्यस्तै गण्डकी प्रदेशका अन्य जिल्ला लमजुङमा १० तथा बाग्लुङमा ४ जनालाई समेत कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १३ हजार ४ सय ५६ पुगेको छ ।

कमेन्टहरु
Loading...