काठमाडौं । आज संवैधानिक परिषद् बैठक बस्दै छ । बैठक अगाडि हुनुपर्ने समन्वय नभएको तथा पूर्व तयारी र गृहकार्य समेत नभएको भन्दै सभामुख अग्नि सापकोटा भने बैठकमा सहभागी नहुने भएका छन् । परिषद् अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बस्ने आजको बैठकमा अख्तियार दुरुपयोग आयोग लगायत विभिन्न संवैधानिक अंगमा नियुक्तिका लागि सिफारिस गर्ने तयारी रहेको छ । यस अगाडि सभामुख सापकोटा तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अनुपस्थित भएपछि बैठक बस्न सकेको थिएन ।
