पोखराको लामाचौरबाट लागुऔषध सहित १ जना पक्राउ

पोखरा । पोखरामा लागुऔषध सहित १ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले पोखरा १९ लामाचौरबाट लागुऔषध सहित १ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कास्कीको माछापुच्छे« गाउँपालिका वडा नम्बर १ भुर्जुङखोला घर भइ हाल पोखरा १९ लामाचौर बस्ने ३५ वर्षीय मीनबहादुर तामाङ रहेका छन् । पक्राउ परेका तामाङको साथबाट प्रहरीले लागुऔषध डाइजापाम ३५ एम्पुल तथा फेनेरागन ३५ एम्पुल सहित १ सय ५ एम्पुल बरामद गरेको छ ।

तामाङविरुद्ध लागुऔषध सम्बन्धी कसुर अन्तरगत अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...