पोखरा । पोखरामा लागुऔषध सहित ३ जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका वडा नम्बर ११ काहुँभञ्ज्याङबाट मंसिर २४ गते राति साढे ७ बजेको समयमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पोखरा १२ माटेपानीका ३२ वर्षीय रमेश गुरुङ, वडा नम्बर ११ काहुँभञ्ज्याङका २१ वर्षीय मुकेश विक तथा पोखरा १२ चापापानीका २९ वर्षीय नवराज गुरुङ रहेका छन् ।
प्रहरीले पक्राउ परेका ३ जनाकै साथबाट डाइजापाम ६४ एम्पुल, नुर्फिन ६५ एम्पुल, फेनेरागन ६७ एम्पुल, गाँजा २० ग्राम, मोबाइल २ थान तथा नगद २ हजार ४ सय ८० रुपैयाँ समेत बरामद गरेको छ ।
पक्राउ परेका ३ जनालाई आगुऔषध सम्बन्धी कसुर अन्तरगत कास्की जिल्ला अदालतबाट ७ दिनका लागि म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।