पोखरा । कास्कीमा थप ३३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले उपलब्ध गराएको पछिल्लो अध्यावधिक विवरण अनुसार लाइफ केयर डायग्नोस्टिक प्रालिमा गरिएको परीक्षणका क्रममा कास्कीमा थप ३३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
संक्रमित मध्ये जिल्लाको रुपा गाउँपालिकाका १ जना रहेका छन् । उनी ७८ वर्षीय वृद्ध हुन् । संक्रमित गाउँपालिका अन्तरगत कति नम्बर वडाका हुन् भन्ने खुलेको छैन ।
त्यस्तै पोखरा ३ मा ४१ वर्षीय १ जना महिला, ४ मा २३ वर्षीय १ जना पुरुष तथा ६ मा ५६ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पोखरा महानगरपालिका वडा नम्बर ८ मा ५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ३५, ७०, ७८ र ८६ वर्षीय ४ जना महिला तथा ८१ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
१२ नम्बर वडामा ३ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमितहरु ३२ र ५५ वर्षीय २ जना महिला तथा ४५ वर्षीय १ जना पुरुष रहेका छन् ।
पोखरा १३ मा ४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ४५ वर्षीय १ जना महिला सहित २५, ५४ र ६३ वर्षीय ३ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
वडा नम्बर १४ मा ३८ वर्षीय १ जना, १५ मा ६३ र ६८ वर्षीय २ जना पुरुष तथा १६ मा ४५ वर्षीय १ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पोखरा महानगरपालिका वडा नम्बर १७ मा ६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा २४, ४१ र ४२ वर्षीय ३ जना महिला तथा २७, २८ र ७१ वर्षीय ३ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
१८ नम्बर वडामा २१ वर्षीय १ जना महिला, २५ का ४५ र ६७ वर्षीय २ जना पुरुष, २६ की ७३ वर्षीय १ जना महिला तथा ३२ की ४९ वर्षीय १ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यस अगाडि स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको जानकामरी अनुसार पोखरा सहित विभिन्न गाउँपालिकामा गरेर कास्कीमा २० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । यससंगै यो समाचार तयार पार्दासम्म रुपा गाउँपालिकामा ४, मादी गाउँपालिकामा ६ तथा पोखरामा ४३ जना सहित ५३ कास्कीमा ५३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यस्तै गण्डकी प्रदेशका अन्य जिल्ला गोरखा, लमजुङ, पर्वत तथा तनहुँमा १/१ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १३ हजार ३ सय ३३ पुगेको छ ।