पोखरा १७ का ७४ वर्षीय महिलाको कोरोना संक्रमणबाट निधन

पोखरा । पोखरामा थप १ जनाको कोरोना भाइरस संक्रमणबाट निधन भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको जानकारी अनुसार पोखरामा थप १ जनाको कोरोना संक्रमणबाट निधन भएको छ ।

पछिल्लोपटक कोरोना भाइरस संक्रमणबाट पोखरामा ज्यान गुमाउनेमा वडा नम्बर १७ का ७४ वर्षीय महिला रहेकी छिन् ।

उनको उपचारका क्रममा पणिपाल शिक्षण अस्पताल पोखरामा शनिबार राति ८ बजेर ४० मिनेट जाँदा निधन भएको हो । उनलाई मंसिर २६ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १ सय ८३ पुगेको छ ।

कमेन्टहरु
Loading...