नेकपाको स्थायी कमिटी बैठक आज दिउँसो १ बजे बस्ने, ओली सहभागी हुनेकि नहुने भन्ने अनिश्चित

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक आज दिउँसो १ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्दै छ । यही मंसिर २१ गते बसेको स्थायी कमिटीको बैठकमा उपस्थित नभएका प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली आजको बैठकमा सहभागी हुन्छन् हुँदैनन् भन्ने निश्चित छैन ।

ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदन फिर्ता नलिएसम्म बैठकमा कुनै पनि हालतमा सहभागी नहुने अडान राखेका थिए ।

यता प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली बैठकमा सहभागी नभए पनि बैठकलाई अगाडि बढाउने पक्षमा अर्का अध्यक्ष प्रचण्ड तथा नेता माधवकुमार नेपाल लागेका छन् ।

आजको बैठकमा ओली तथा प्रचण्ड दुवैले प्रस्तुत गरेको प्रतिवेदनका विषयमा पार्टीका नेताहरुले बोल्ने बताइएको छ ।

कमेन्टहरु
Loading...