पोखरा । नेपालमा थप १ हजार ४४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार नेपालमा थप १ हजार ४४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पछिल्लो पटक नेपालमा गरिएको पिसिआर परीक्षणका क्रममा कोरोना रिर्पोट पोजेटिभ आएकामध्ये ४ सय ११ जना महिला तथा ६ सय ३३ जना पुरुष रहेका छन् । यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ४६ हजार ६ सय ९४ पुगेको छ ।
हाल नेपालमा १२ हजार १ सय ४८ जना सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् । नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ७ हजार ४ सय १४ जनाको पिसिआर परीक्षण गरिएको थियो । यस्तै यो अवधिमा नेपालमा थप १ हजार २ सय ७१ जना कोरोना भाइरस संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । यससंगै नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको कुल संख्या २ लाख ३२ हजार ८ सय ७२ पुगेको छ ।
यस्तै यो अवधिमा नेपालमा थप ११ जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । यससंगै नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १ हजार ६ सय ७४ पुगेको छ ।
हाल नेपालमा ७ हजार ३ सय ४१ जना संक्रमितहरु होम आइसोलेसनमा रहेका छन् । त्यस्तै ३ सय १० जना संक्रमितहरुको आइसियु तथा ५० जना संक्रमितहरुको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
यस्तै कास्की सहित काठमाडौं र ललितपुर जिल्लामा ५ सयभन्दा माथि उपचारार्थ संक्रमितहरु रहेका छन् भने मनाङ मात्र सक्रिय कोरोना संक्रमितको संख्या सुन्य भएको जिल्ला हो ।