काठमाडौं । नेपाली सेफ सन्तोष शाह विश्वकै प्रतिष्ठित टिभी रियालिटी सो ‘बिबिसी मास्टर सेफ प्रोफेसनलस् २०२०’ को फाइनल राउण्डमा प्रवेश गरेका छन् । केही हप्तादेखि बिबिसी वान च्यानलमा प्रसारण हुँदै आइरहेको उक्त ‘सो’ मा सन्तोषले नेपारी परिकार योमरी चखाएर निर्णायक मण्डललाई प्रभावित बनाएका थिए । उनी बिहीबार प्रसारित एपिसोडमा फाइनल राउण्डका लागि छनौट भएका हुन् । उनी बिहीबारको सेमीफाइलन राउण्डमा उत्कृष्ट ६ जनामा पर्न सफ हुँदै फाइनल राउण्डको प्रतिस्पर्धाका लागि छनौट भएका हुन् । योमरीबाहेक उनले निर्णायकहरुको आग्रहमा क्रिस्पी नुडल्स, हट एण्ड सावर सुप, चिकन चिल्ली लगायतका परिकारहरु पनि पस्किएका थिए । उक्त रियालिटी ‘सो’ को फाइनल भने अर्को हप्ता अर्थात् १७ डिसेम्बरमा हुँदैछ ।
