शुक्रबारको मौसम : हल्का देखि मध्यम खालको हिमपात

जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभर शुक्रबारको मौसममा आंशिक देखि सामान्य बदली रहने जनाएको छ।

शुक्रबार राति देशभर आंशिक देखि सामान्य बदली रही हिमाली भूभागमा हल्का देखि मध्यम खालको हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी भूभागमा हल्का हिमपात र प्रदेश १ का पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना समेत रहेको छ ।

कमेन्टहरु
Loading...